Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आइसिएफसि फाइनान्सको ऋणपत्र निष्काशन, आवेदन आजदेखि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आजदेखि ऋणपत्र(डिवेञ्चर) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले ७ वर्षे अवधि रहेको वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिवेञ्चर २०८८’ निष्काशन गरेको हो ।

प्रतिडिवेञ्चर १ हजार अंकित मूल्य रहेको छ ।

फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । त्यसमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि हुनेछ । सर्वसाधारणलाई बाँडफाँड गरिनेमध्ये ५ प्रतिशत अर्थात् ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते हुनेछ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Health Tips Ad Road Block