काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा आज पुनः उच्च अंकको वृद्धि देखिएको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बजारमा सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजोको तुलनामा सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७५२ डलर हाराहारीमा रहेको छ । चाँदी प्रतिऔंस ३०.९१ डलर हाराहारीमा रहेको छ ।






















