skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप ललितपुरमा रहेको लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ ।

कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्याम्पसका कर्मचारीहरु तथा शिक्षकवर्गलाई शेयर बजारको प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको हो ।

क्यापिटलले आफ्नो स्थापनाको ५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगलगायतका कार्यक्रमहरु आयोजना गरिरहने जनाएको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

Health Tips Ad Road Block