Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यामाहा सर्भिस इन्चार्ज मिट २०८१स् सेवा उत्कृष्टता र ग्राहक अनुभवलाई सुदृढ बनाउने लक्ष्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले गत पुसमा यामाहा सर्भिस इन्चार्ज मिट २०८१ सम्पन्न गरेको छ । सेवाको गुणस्तर र सहकार्य बढाउन एवम् ग्राहक सन्तुष्टि सुधार गर्न आयोजित दुई दिने कार्यक्रममा यामाहाको राष्ट्रव्यापी डिलर नेटवर्कका ६९ सर्भिस इन्चार्जहरूले भाग लिएका थिए ।

यामाहा सर्भिस इन्चार्ज मिट २०८१ ले आर्थिक वर्षहरू २०८०/८१ र २०८१/८२ को सेवा कार्यसम्पादन समीक्षा गर्ने, एमएडब्ल्यूद्वारा गरिएका नवीनतम सेवा पहलहरूको बारेमा सहभागीहरूलाई अपडेट गर्ने र सञ्चालन दक्षता बढाउन सर्भिस इन्चार्जहरूको व्यवस्थापकीय सीप बढाउने प्लेटफर्मकोरूपमा काम गरेको थियो । कार्यक्रमले डिलर नेटवर्कमा टोली निर्माण र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य पनि राखेको थियो, जसमा सुधारिएको सेवा गुणस्तर, ग्राहक सन्तुष्टि बढाउने, ग्राहकप्रति धारणा बढाउने, सुव्यवस्थित सञ्चालन गर्ने र डिलर कार्यसम्पादनलाई सुदृढ बनाउनेजस्ता अपेक्षित परिणामहरू समावेश थिए । समेटिएका मुख्य विषयवस्तुहरूमा ग्राहक सन्तुष्टि, सेवा प्रक्रिया र गुणस्तर, सेवा मात्रा र अवधारणा, डिलर कार्यसम्पादन, अधिकृत सेवा विन्दुहरू र जनशक्ति क्षमता समावेश थिए ।

गुगल समीक्षा, ग्राहक सन्तुष्टि सूचकांक टिप्पणी, यामाहा एक्सप्रेस सेवा र प्रभावकारी ग्राहक गुनासो व्यवस्थापनजस्ता विषयहरूमा ग्राहक सन्तुष्टिसम्बन्धी छलफलहरू केन्द्रित रहेका थिए । सेवा प्रक्रिया र गुणस्तरसम्बन्धी विषयमा सहभागीहरूले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर, इन्जेक्टर सफाई, आवधिक मर्मत सम्भार, उही दिन डेलिभरी र विशेष उपकरणहरूको प्रयोगको बारेमा सिकेका थिए । सर्भिस भोल्युम र रिटेन्सन रणनीतिहरूमा रिमाइन्डर कलहरू, बोनसरहित सेवाहरू, वार्षिक मर्मतसम्भार सम्झौता नवीकरणहरू र हराएका ग्राहकहरूलाई ट्र्याक गर्ने विषयहरू समावेश थिए । डिलर कार्यसम्पादन छलफलहरू भने सेवा अवशोषण अनुपात, खर्च र आय ट्र्याकिङ र समग्र कार्यसम्पादन सुधार गर्न कार्ययोग्य योजनाहरू वरिपरि केन्द्रित रहेका थिए । एएसीएस र सेकेण्डरी नेटवर्क थिमले प्राइभेट वर्कशप मालिकहरूसँगको सिर्जना, अनुगमन र सहकार्यमा प्रकाश पारेको थियो । त्यस्तै जनशक्ति क्षमताको सत्र कुशल सेवा प्रदायक कर्मचारी विकास गर्नका लागि प्रशिक्षण र ई(शिक्षाको महत्त्वमा केन्द्रित रहेको कम्पनीले जनाएकोे छ। यामाहाको प्राविधिक नेतृत्व र नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई जोड दिँदै सहभागीहरूलाई यामाहाको एफआई –फ्युलइन्जेक्शन) प्रविधिको बारेमा बहुमूल्य जानकारी पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले सेवा उत्कृष्टताप्रति यामाहाको प्रतिबद्धताबारे आफ्नो विचार व्यक्त गर्दै भने, “उत्कृष्ट सेवा नै हाम्रा ग्राहकहरूसँग दिगो सम्बन्ध निर्माणको आधारशिला हो भन्नेमा यामाहा विश्वास गर्दछ । यो कार्यक्रम हाम्रा सर्भिस इन्चार्जहरूका लागि उनीहरूको सीप बढाउने, सञ्चालन सुधार गर्ने र हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने अवसर हो । हाम्रा जनशक्ति र डिलर नेटवर्कको विकासमा लगानी गरेर हामी नेपालमा यामाहाको निरन्तर सफलता सुनिश्चित गर्दैछौं ।”

Health Tips Ad Road Block