काठमाडौं । मुक्तिनाथ विकास बैंकको अठारौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रति सेयर १०० सयका दरले एक अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार शेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका शुरुका ३० जना संस्थापक सेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनीहरु तथा संचालक सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सामान्य प्रस्तावसहित विशेष प्रस्तावको रुपमा रहेको काठमाण्डौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाडौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएको बैंकले जनाएको छ ।
सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए भने शेयरधनीबाट आएका जिज्ञाशा समाधान गर्ने कार्य गरेका थिए ।






















