काठमाडौं । वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार ठगी सम्बन्धी आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत्रसम्मको ९ महिना संस्थागत उजुरी र व्यक्तिगत मुद्दा सम्बन्धी कारवाही हुँदा ८८२ मुद्दामा अनुसन्धान भई १२ करोड ६७ लाख ३९ हजार क्षतिपूर्ति भराइएको छ।
पछिल्लो ३ महिनामा १००४ वटा संस्थागत उजुरी र व्यक्तिगत मुद्दा मेलमिलापमार्फत ३० करोड ७ लाख ४२ हजार ३ सय ४ रुपैयाँ वैदेशिक रोजगार पीडितलाई क्षतिपूर्ति भराइएको छ।
पछिल्लो ३ महिनाको अवधिमा मुद्दा अनुसन्धान र फर्छ्यौट दर २४१.५ प्रतिशतले वृद्धि भएको छ भने वैदेशिक रोजगार पीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६७२.८५ ले वृद्धि भएको श्रम मन्त्रालयले जनाएको छ।





















