Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सांग्रिला डेभलपमेन्ट बैंकको साभारण सभाबाट प्रस्तावित लाभांश पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले ३.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

काठमाडौंमा सम्पन्न भएको साधारण सभाले हाल कायम चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश गरि कुल ३.८४ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको हो ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसा पुगेको छ । साधारण सभाले आव०८०–८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

Health Tips Ad Road Block