काठमाडौं । प्रभु बैंक लिमिटेडको २३ औँ साधारण सभाले सञ्चालक समितिमा ६ जना निर्विरोध निर्वाचित गरेको छ । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृषबहादुर बस्नेत एवं सर्वसाधारण समूहतर्फ सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजंग कार्की निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।
साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएको बैंकले जनाएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले पेस गरेको सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०८०–०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका विषय साधारण सभाबाट पारित भएको हो ।
प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ७९ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २८६ वटा एटिएम तथा ३११ वटा शाखा कार्यालयहरुसहित देशभर फैलिएको आप्mनो बैंकिङ्ग सञ्जालको माध्यमबाट ३५ लाख भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।






















