काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





















