skip this News Page Tips Ad Road Block

एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बैंकका शेयरधनीहरुले बैंकका विविध विषयमा आफ्नो धारणा राखेका थिए ।

बैंकको २०८१ असार सम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, निक्षेप २२७.१० अर्ब रुपैयाँ र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Health Tips Ad Road Block