skip this News Page Tips Ad Road Block

बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन्  ।
काठमाडौंमा बिहीवार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा बोल्दै उनले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताए ।

अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवश्यक  रहेको बताउँदै उनले बीमाको पूजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने बताए ।

” बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ । यसको लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ । सबै क्षेत्र चलायमान हुन जरुरी छ। ” उनले भने । अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब २ लाख भन्दा बढीले रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राखे ।

यस्तै उनले बीमाको प्रीमियम बढी भएको, बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गरे । अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नुभन्दा कम्पनीलाई नै स्वयम् जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव समेत दिए ।

कुल जनसंख्याकोे ४४ प्रतिशतमा पुगेको बीमाको पहुँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले बीमाको दायरा बढाउन बीमाको महत्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Health Tips Ad Road Block