काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समिति १६९ औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश लगाीकर्तामा वितरण हुनेछ ।






















