skip this News Page Tips Ad Road Block

नेपाल एयरलाइन्सलाई नसुधारी विश्राम लिँदैनौंः मन्त्री पाण्डे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिन नहुने उद्घोष गरेका छन् । प्रतिनिधि सभा अन्तरर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम हामी लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए ।

उनले नेपाल एयरलाइन्सले समयमै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनुपर्ने समितिलाई प्रष्ट पारेका छन् ।

उनले नेपाल वायुसेवाको विमान सञ्चान र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको समितिलाइ प्रष्ट पारेका छन् ।

उनले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको पनि प्रष्ट पारेका छन् । मन्त्री पाण्डेले भन ‘मेरो कुनै पनि विभागीय कर्मचारीहरु मथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।’

 

Health Tips Ad Road Block