काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
चाँदी प्रतितोला १८४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।





















