skip this News Page Tips Ad Road Block

साना किसान लघुवित्तको १४ प्रतिशत लाभांश पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभाश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको २३औँ वार्षिक साधारणसभाले १३.३०% बोनस शेयर र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश उपलब्ध गराउन गरको प्रस्ताव पारित भएको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव पेस गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख रुपैयाँ पुगेको जनाएको छ । यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था रहेका छन् । कुल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिलाको सहभागिता रहेको छ ।

Health Tips Ad Road Block