skip this News Page Tips Ad Road Block

चीनमा गएको भूकम्पमा परि १२६ को मृत्यु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मंगलबार बिहान चीनको दक्षिणपश्चिम सिजाङ स्वायत्त क्षेत्रमा गएको भूकम्पमा परी हालसम्म १२६ जनाको मृत्यु भएको छ । भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

भूकम्पमा १८८ जना घाइते भएका छन् ।

प्रारम्भिक सर्वेक्षणले ३ हजार ६०९ घरहरू भत्किएको, ४०७ फसेका मानिसहरूलाई उद्धार गरिएको र ३० हजारभन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको त्यहाँको सरकारले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा विपद् राहत सामग्रीहरू पठाउने काम भइरहेको छ । त्यस्तै १२ हजार भन्दा बढी उद्धारकर्ताहरू भूकम्प स्थलमा खटिएका छन् ।

Health Tips Ad Road Block