काठमाडौं। स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना छनोट भएका छन् । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नेगरी उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएका पाँच हजार १५८ परियोजनाको प्रस्तावमध्ये प्रारम्भिक सूचीमा ती परियोजना छनोट गरेको हो ।
यसका लागि छनोटमा परेका परियोजनालाई आगामी आइतबारदेखि व्यवसायिक योजना माग गरिएको छ । व्यावसायिक योजना प्रस्तुुत गरी तोकिएको मापदण्ड पूरा गरेका परियोजनाले कर्जा पाउने छन् । आगामी चैत दोस्रो सातादेखि छनोटमा परेका परियोजनालाई कर्जा उपलब्ध गराइने सरकारी भनाइ छ ।
छनोट भएका परियोजनालाई तीन प्रतिशत ब्याजमा बिनाधितो अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रदान गरिनेछ ।





















