skip this News Page Tips Ad Road Block

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयर निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । यसको अर्थ कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका एक करोड पचासी लाख बाह्र हजार सात सय बयानब्बे दशंमलव दुई दुई पाँच कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकममध्ये १ अर्ब ८१ करोड ८७ लाख ७९ हजार २२२ रुपैयाँ ५० पसा समृद्धि इनर्जी लिमिटेडद्वारा प्रबर्द्धित बझाङ्ग माथिल्लो सेती जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गर्नेछ भने ३ करोड २५ लाख रुपैयाँ मर्मत संभारमा खर्च गर्नेछ।

Health Tips Ad Road Block