skip this News Page Tips Ad Road Block

स्तरोन्नतिपछि विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशत बढ्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काममा सन्तोषजनक प्रगति भईरहेको आयोजना प्रमुख दिपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि तीनवटा ठेक्का सम्झौता गरेर काम सुचारू भईरहेकोले तोकिएकै समयमा काम सम्पन्न हुने बताए ।

विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै मन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समय आगामी चैत १८गते भित्रै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका छन् । ।

विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।

Health Tips Ad Road Block