Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्मार्टच्वाईस टेक्नोलोजिज र हाम्रो पेबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालन सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ‌ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा। लि।)बीच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्ने बताइएको छ । क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टर अपरेवल क्यूआर कोड भएको कम्पनीले जनाएको छ ।

लेनदेन सेवा प्रालिको कार्यलयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गर ।

स्मार्ट क्युआरमार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास लिइएको छ ।

Health Tips Ad Road Block