काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । कार्यक्रम ठमेलस्थित छायाँ सेन्टर सिनेमामा हुनेछ ।
यसले दुवै देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको बताइएका छ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्तरूपमा आयोजित यो कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र हरस्टोरी, मिड समर्स भ्वाइस र जी फर ग्याप प्रदर्शन गरिने भएको छ । चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले दर्शकहरुसँग अन्तर्क्रिया समेत गर्नेछन् जसले सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्ने बताइएका छ।
चाइना फिल्म डेले २०२५ र त्यसपछिका दिनहरूमा नेपाल चीन सांस्कृतिक कूटनीति र चलचित्र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।






















