Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

४९.९५ मेगावाटको दानाखोला जलविद्युत् आयोजनाका लागि सानिमा बैंकको अगुवाइमा लगानी सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४९.९५ मेगावाटको दानाखोला जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको उपस्थितिमा कम्पनी र ऋण प्रवाह गर्ने वित्तीय संस्थाबीच सम्झौता भएको हो।

कम्पनीको आयोजनामा सानिमा बैंकको अगुवाइमा नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण लगानी गर्ने सम्झौता भएको हो । नेपाल एसबीआई र एचआइडिसिएलमध्ये जसले पहिले हस्ताक्ष्र गर्नेछ उसैले ऋण लगानी गर्ने बताइएको छ । यी संस्थाले आयोजनामा कुल ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत ९९६ करोड रुपैयाँ रहेको छ। बाँकी २४९ करोड रकम इक्विटी मार्फत जुटाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष मोहन डाँगीले प्राकृतिक विपति नआएमा २०८४ कात्तिक २ गते व्यापारिक उत्पादन थाल्न सकिने बताएका छन् ।

यो आयोजना मनाङ जिल्ला नासौं गाउँपालिकामा रहेको डोनाखोला (टोपोमा दानाखोला) को पानी प्रयोग गरि निर्माण गरिनेछ ।

Health Tips Ad Road Block