Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माघ १० गतेदेखि मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्य तथा राइजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा माघ १० गतेदेखि १२ गतेसम्म मेक इन नेपाल एक्स्पो २०२५ तथा नेपाल पश्मिना ईन्टरनेशनल एक्स्पो २०८१ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हाम्रै सामान, हाम्रै स्वाभिमान’ अभियानलाई अघि बढाउने उद्देश्य राखिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।  मेक इन नेपाल एक्स्पोले नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो–२०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको आयोजकको भनाइ छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा नीति निर्माताको सहभागिता रहनेछ । त्यस्तै यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

मेलाले स्वदेशी उत्पादनको प्रचार–प्रसारका लागि विभिन्न रणनीतिक र सिर्जनशील उपायहरू अवलम्बन गर्ने र एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाईन एवं डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुऱ्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम थप्ने संघको भनाइ छ ।

एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरु रहने छन जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो। जसमा २०,००० भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

एक्स्पोको माध्यमबाट स्वदेशी उद्योग र व्यवसायलाई प्रोत्साहन गर्नु, स्वदेशी उत्पादनहरूको बजार विस्तार गर्नु, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउनु, उद्यमशीलता र लगानीको सम्भावनाहरू उजागर गर्नु लगायतका उद्देश्यहरू रहेको नेपाल पश्मिना उधोग संघका अध्यक्ष धन प्रसाद लामिछानेले बताए ।

एक्स्पोमा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरु, नेपाली रैथाने खानाका परिकारहरु, च्याङ्ग्रादेखि पश्मिना सम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पश्मिनाको फेसन शो मुख्य आकर्षको रुपमा रहेको राइजिङ्ग नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले जानकारी दिए । नेपाल उद्योग परिसंघका महानिर्देशक डा. धनश्याम ओझाले उद्यमीहरुको क्षमता विस्तारमा ध्यान दिनुपर्ने बताएका थिए । नेपाल सरकार व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले मेक इन नेपाल र मेड इन नेपाललाई सँगसँगै लैजानुपर्ने सुझाव दिएका थिए ।

Health Tips Ad Road Block