Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्  । आज मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँग भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलबीच ६५ वर्ष देखिको मैत्रीपूर्ण सम्वन्ध रहिआएको उल्लेख गर्दे दुई मुलुकबीच भएको कृषि क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूत समक्ष आग्रह गरे  ।

मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवाहरुलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे । इजरायलले नेपाली विधार्थीहरुलाई उपलब्ध गराउँदै आएको छात्रवृतिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकारसँग भएको सम्झौता अनुरुप सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनौट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूत समक्ष आग्रह गरे ।

करिब ५ हजार नेपालीहरु हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरुको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे ।

त्यस क्रममा राजदूत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए । राजदूत बासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्घता व्यक्त गरे ।
कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदूत बासले कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देशबीच भएका सहमतीहरुको कार्यान्वयनमा आफूले ध्यान दिने पनि बताए ।

Health Tips Ad Road Block