काठमाडौं । देशभर सवा दुई खर्बको लगानीमा करिब डेढ लाख होटल तथा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको तथ्याँकअनुसार देशभर १ लाख ४२ हजार २२३ आवास तथा भोजन सेवा प्रदान गर्ने होटल रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । ती होटल तथा रेष्टुरेन्टमा २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी रहेको तथ्याँक कार्यालयले जनाएको छ ।
कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्याँकले यो विवरण देखाएको हो । कार्यालयले राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण–२०८० सार्वजनिक गरेको हो । २०७९ साउनदेखि २०८० मसान्तसम्मको आर्थिक वर्ष २०७९–८० मा सो सर्वेक्षण गरिएको थियो ।
सवा दुई खर्बको लगानीबाट होटल तथा रेष्टुरेन्टले ३ खर्ब २६ अर्ब १ करोड ४ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको सर्वेक्षणले देखाएको छ ।
ती प्रतिष्ठानले अर्थतन्त्रमा १ खर्ब ९ अर्ब २७ करोड १ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणको नतिजा छ ।
यस क्षेत्रमा संलग्न रोजगारको संख्या ३ लाख ८७ हजार ७४७ जना रहेकामा १ लाख ०६ हजार ४५९ जनाले प्रत्यक्षरूपमा रोजगारी पाएको सर्वेक्षणले देखाएको छ । ती प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई तलब–ज्याला र सुविधामा २० खर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च हुने गरेको सर्वेक्षणले देखाएको कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिएका छन् । होटलको कुल स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैर तारे होटेल होमस्टेको अवस्थाको अध्ययन गरिएको सवैमा उल्लेख छ ।
सर्वेक्षणको पूर्णपाठ यस्तो छ























