काठमाडौं । अँग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ४.९९ % ब्याजदरमा दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभी प्रेमीले फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सक्ने कम्पनीको भनाइ छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ । यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर मात्र होइन निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउने कम्पनीले जनाएको छ । सन् २०२४ मा नेपालमा दिपल इभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको कम्पनीले स्पष्ट पारेको छ ।
छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी दिपल इभी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।






















