काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।
बजारमा छापावाला सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो ।
आज चाँदी प्रतितोला १७६५ रुपैयाँ रहेको छ ।






















