Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सन् २०२५ को पहिलो दिनमै डलर मूल्यले कायम गर्यो नयाँ रेकर्ड, नेपाली मुद्रा इतिहासकै कमजोर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अँग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिनमै नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको छ । यसको अर्थ १ अमेरिकी डलर प्राप्त गर्न १३७ रुपैयाँ २९ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ । खरिददर भने १३६ रुपैयाँ ६९ पैसा रहेको छ।

यसरी हेर्दा अमेरिकी डलर किन्नका लागि हालसम्मकै बढी नेपाली रुपैयाँ तिर्नुपर्दछ । अथवा अर्को भाषामा भन्नुपर्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बन्न पुगेको हो ।

यसअघि पुस १२ गते शुक्रबार डलरको बिक्रीदर १३६ रुपैयाँ ५६ पैसा र खरिददर १३७ रुपैयाँ १६ पैसा रहेको थियो।

त्यसअघि गत बुधबार डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा र खरिददर १३५ रुपैयाँ ०३ पैसामा नयाँ रेकर्ड बनेको थियो । त्यस्तै गत मंगलबार डलरको बिक्रीदर १३६ रुपैयाँ ५० पैसा र खरिददर १३५ रुपैयाँ ९० पैसामा नयाँ रेकर्ड बनेको थियो ।

पुस ५ गते डलरको बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा र खरिददर १३५ रुपैयाँ ८२ पैसा निर्धारण भएर नयाँ रेकर्ड कायम गरेको थियो । पुस ४ गते बिक्रीदर १३६ रुपैयाँ २३ पैसा र खरिददर १३५ रुपैयाँ ६३ पैसामा डलर मूल्यले रेकर्ड बनाएको थियो।

पुस ३ गतेका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर १३६ रुपैयाँ १४ पैसा तोकेको थियो भने खरिददर १३५ रुपैयाँ ५४ पैसा रहेको थियो । पुस २ गते मंगलबार डलरको बिक्रीदर १३६ रुपैयाँ ९ पैसा र खरिददर १३५ रुपैयाँ ४९ पैसा रहेको थियो ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने हुन्छ । किनकि डलरमा पठाएको रेमिट्यान्सको नेपालमा धेरै पैसा आउँछ । पर्यटन आम्दानीमा वृद्धि हुनेछ । निर्यात गर्ने आम्दानीमा पनि लाभ लिन सकिनेछ ।

अर्कोतिर नेपाल आयातमा आधारित मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित वस्तु तथा सामानको मूल्य भने बढ्न पुग्छ । यसले बजार महँगीलाई थप बढ्ने बाटोतर्फ अगाडि बढाउनेछ र बजार महँगी हुन सक्नेछ । आयात महँगो पर्न जाँदा विदेशी मुद्रा संचितिमा चाप पर्न सक्दछ ।

डलरको मूल्य बढेपछि नेपालले डलरमा तिर्नुपर्ने सावाँ र ब्याज बढ्न पनि जाने हुँदा नेपाललाई थप आर्थिक भार पर्न सक्दछ ।

Health Tips Ad Road Block