Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजारमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । जनावरी १ बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

नेपाल आयल निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाइएको हो । यता हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर १५ का दरले घटाईएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरशनबाट पेट्रोलमा १ रुपैयाँ ०९ पैसा, डिजेलमा २ रुपैयाँ २२ पैसाले बढेर तथा हवाई इन्धनमा १ रुपैयाँ ७१ ले घटेर आएपछि नयाँ मूल्यसूचिअनुसार मूल्य समायोजन गरेको निगमले  स्पष्ट पारेको छ ।

पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वइन्टमा बिकी मूल्य कायम गरिएको निगमले जनाएको छ। साथै एलपि ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

Health Tips Ad Road Block