काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चिरायु नेशनल अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। मंगलबार आयोजित एक कार्यक्रममा बीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र चिरायु अस्पतालका अध्यक्ष हेम बहादुर गुरुङले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताको नेपाल चेम्बर अफ कमर्स स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठ र चिरायु अस्पतालका अपरेसन डाइरेक्टर चण्डेश्वर वैद्य साक्षी रहेका थिए।
सम्झौताअनुसार अब नेपाल चेम्बर अफ कमर्सका सदस्य एवं सदस्यका परिवार एवं उनीहरुको सिफारिसमा चिरायु अस्पतालमा पुग्ने बिरामीले २० प्रतिशतसम्म छुटमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। यसका लागि सदस्यताको प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र वा व्यवसायिक लाइसेन्स नम्बरका आधारमा छुट उपलब्ध हुने बताइएको छ ।
सम्झौतामा आपतकालीन अवस्थामा क्यास लेस सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको जनाइएको छ। त्यसैगरी प्रदेश र जिल्ला चेम्बरसँको सहयोगमा स्वास्थ्य शिविर आयोजना गर्न दुवै संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौताको अवधि ३ वर्ष का लागि तोकिएको छ।






















