skip this News Page Tips Ad Road Block

किसानले धान रोप्ने समयमा रासायनिक मल अभाव हुन नदिने सरकारी प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले किसानले धान रोप्ने समयमा रासायनिक मल अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने उनले राष्ट्रिय सभामा जानकारी दिइन् । उनका अनुसार चालु आवमा हालसम्म पाँच लाख ५८ हजार ५२२ मेट्रिकटन मल आपूर्ति भइसकेको छ । हालसम्म चार लाख ६८ हजार १६ मेट्रिकटन मल किसानलार्ई बिक्री–वितरण गरिसकिएको छ । बाँकी एक लाख ६८ हजार ८०२ मेट्रिकटन मल मौज्दात रहेको उनको भनाइ छ ।

सांसदहरुलाई आश्वस्त पार्दै उनले धान रोपाइँको समयमा मल अभाव नहोस भनेर मन्त्रालयले सबै प्रयास र तयारी गरिरहेको बताइन् । असारको अन्त्यदेखि साउन महिनामा ९० हजार मेट्रिकटन मल नेपाल भित्रिने उनको भनाइ छ ।

Health Tips Ad Road Block