काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















