काठमाडौं । अपि पावर कम्पनीले दार्चुला पावर कम्पनीकमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । अपि पावर कम्पनी लिमिटेडको २१औँ वार्षिक साधारण सभाबाट संचालक समितिलाई प्रदान गरेको अख्तियारी बमोजिम अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दार्चुला पावर लिमिटेडको बहुमत शेयर लिने निर्णय गरेको हो ।
अपिले दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा पर्ने २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि दार्चुला पावर कम्पनीमा ७३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको हो।
सो आयोजना निर्माणका लागि आवश्यक स्वपूँजी एक अर्ब एकचालिस करोड बाउन्न लाख रुपैयाँ लाग्ने र त्यसको ५१.५८२ प्रतिशतले हुने बहुमत शेयर त्रिहत्तर करोड रुपैयाँ लगानी गर्ने निर्णय भएकाे अपि पावरका कम्पनी सचिव सुजन अधिकारीले जानकारी दिएका छन् ।























