Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको महाराजगञ्जमा ओलिज स्टोरको नयाँ आउटलेट शुभारम्भ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको अग्रणी टेक्नोलोजी र लाइफस्टाइल रिटेलर ओलिज स्टोरले काठमाडौंको महाराजगञ्जमा आफ्नो नयाँ आउटलेटको शुभारम्भ गरेको छ । विश्वस्तरीय ब्रान्डका प्रिमियम प्राविधिक उत्पादनहरू र उत्कृष्ट ग्राहक अनुभवहरू देशभर उपलब्ध गराउने यात्रामा रहेको स्टोरले नयाँ आउटलेटको शुभारम्भ गरेको हो ।

लोकेश ओली र चेतन ओलीले सन् २०१० मा स्थापना गरेको ओलिज स्टोर नेपालको प्राविधिक बजारमा भरपर्दो नाम भएको कम्पनीको दाबी छ । नेपाली बजारमा नवीन ब्रान्डेड उत्पादनहरू ल्याउने समर्पणका साथ स्टोरले एक प्रतिष्ठा विकास गरेको र नेपालमा नवीनतम प्रविधिहरूको बढ्दो मागलाई पूरा गर्न समयसँगै अगाडि बढेको जनाएको छ । ओलिज स्टोरले नेपालमा प्राविधिप्रति झुकाव राख्नेहरुका अपेक्षाहरू पूरा गर्न ललितपुरको पुल्चोकबाट शुरुवातदेखि निरन्तररूपमा काम गरी विभिन्न शाखाहरुमार्फ सेवा दिँदै आएको जनाएको छ ।

महाराजगन्ज आउटलेट ओलिज स्टोरको विस्तार भइरहेको स्टोरहरूको नेटवर्कको सबैभन्दा नयाँ आउटलेट हो । हाल बबरमहल, चुच्चेपाटी, बौद्धको डम्पा कम्प्लेक्स, राइजिङ मल, दरबारमार्ग, महाराजगन्ज प्लाजा, सल्लाघारी, भक्तपुर, मानभवन कुमारीपाटी, ललितपुर, सिभिल मल काठमाडौंमा ओलिज स्टोरका आउटलेट सञ्चालनमा रहेका छन् ।

महाराजगन्जको नयाँ आउटलेटले ओलिज स्टोरको पहुँच बढाउने र नेपालभरका ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हाल ओलिज स्टोरले विश्वभर मान्यता प्राप्त ८० ब्रान्डका समानहरु उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

Health Tips Ad Road Block