skip this News Page Tips Ad Road Block

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

अस्पतालका अनुसार सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यहरूले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ किस्ट शिक्षण अस्पतालबाट लिन सक्नेछन्।

सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपीडी) तथा भर्ना (आईपीडी) सेवामार्फत उपचार गराउँदा उपचार खर्चको ८० प्रतिशतसम्म सामाजिक सुरक्षा कोषले व्यहोर्ने र सेवाग्राहीले २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको अस्पतालले जनाएको छ।

त्यसैगरी, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजनाअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गराउँदा नियमअनुसार सामान्य रोगका लागि वार्षिक एक लाख रुपैयाँसम्म तथा घातक रोगका लागि सेवा अवधिभर १० लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ।

यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता कक्ष मा आफ्नो सामाजिक सुरक्षा परिचयपत्र वा सञ्चय कोष सदस्य नम्बर दर्ता गरेपछि आवश्यक प्रक्रिया पूरा गरी सहज रूपमा उपचार सेवा लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

अस्पतालमा आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, मिर्गौला रोग, आँखा रोग लगायतका विभिन्न विशेषज्ञ सेवाहरू सामाजिक सुरक्षा कोष तथा सञ्चय कोषअन्तर्गत उपलब्ध छन्।

अस्पतालले सामाजिक सुरक्षा कोषअन्तर्गत नेपालमै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सफलतापूर्वक सञ्चालन गरेको उल्लेख गर्दै जटिल उपचारलाई समेत सामाजिक सुरक्षा योजनाभित्र समेट्ने निर्णयका लागि नेपाल सरकार तथा सामाजिक सुरक्षा कोषप्रति आभार व्यक्त गरेको छ।

अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोली, अत्याधुनिक प्रविधि तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार मान्यता प्राप्त चिकित्सा शिक्षण संस्थाको विश्वासका साथ किस्ट शिक्षण अस्पतालले सधैं गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। साथै, अस्पतालले सामाजिक सुरक्षा कोष तथा कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई आफूले आर्जन गरेको स्वास्थ्य सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।

Health Tips Ad Road Block