Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डलर मूल्यमा पुनः रेकर्ड, यस्ता पर्नेछन् असर !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा आज डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३६ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै डलरको खरिददर १३५ रुपैयाँ ९० पैसा रहेको छ। यसको अर्थ १ अमेरिकी डलर प्राप्त गर्न १३६ रुपैयाँ ५० पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ ।

यसरी हेर्दा अमेरिकी डलर किन्नका लागि हालसम्मकै बढी नेपाली रुपैयाँ तिर्नुपर्दछ । अथवा अर्को भाषामा भन्नुपर्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बन्न पुगेको हो ।

यसअघि पुस ५ गते डलरको बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा र खरिददर १३५ रुपैयाँ ८२ पैसा निर्धारण भएर नयाँ रेकर्ड कायम गरेको थियो । पुस ४ गते बिक्रीदर १३६ रुपैयाँ २३ पैसा र खरिददर १३५ रुपैयाँ ६३ पैसामा डलर मूल्यले रेकर्ड बनाएको थियो।

पुस ३ गतेका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर १३६ रुपैयाँ १४ पैसा तोकेको थियो भने खरिददर १३५ रुपैयाँ ५४ पैसा रहेको थियो । पुस २ गते मंगलबार डलरको बिक्रीदर १३६ रुपैयाँ ९ पैसा र खरिददर १३५ रुपैयाँ ४९ पैसा रहेको थियो ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने हुन्छ । किनकि डलरमा पठाएको रेमिट्यान्सको नेपालमा धेरै पैसा आउँछ । पर्यटन आम्दानीमा वृद्धि हुनेछ । निर्यात गर्ने आम्दानीमा पनि लाभ लिन सकिनेछ ।

अर्कोतिर नेपाल आयातमा आधारित मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित वस्तु तथा सामानको मूल्य भने बढ्न पुग्छ । यसले बजार महँगीलाई थप बढ्ने बाटोतर्फ अगाडि बढाउनेछ र बजार महँगी हुन सक्नेछ । आयात महँगो पर्न जाँदा विदेशी मुद्रा संचितिमा चाप पर्न सक्दछ ।

डलरको मूल्य बढेपछि नेपालले डलरमा तिर्नुपर्ने सावाँ र ब्याज बढ्न पनि जाने हुँदा नेपाललाई थप आर्थिक भार पर्न सक्दछ ।

Health Tips Ad Road Block