Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कालिञ्चोक दर्शन प्रालिको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । आइतबार बसेको संचालक समितिको बैठकले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण गर्न तथा ईन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हालको चुक्ता पूँजी साठी करोडको १ बराबर १ को साठी करोड मूल्य बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठकले हकप्रद शेयर निष्काशनको लागि आगामी १० औं वार्षिक साधारण सभामा स्वीकृतीको लागी प्रस्ताव पेश गर्ने निर्णयसमेत गरेको कम्पनीका सचिव अशोक शिवाकोटीले जानकारी दिएका छन् ।

कम्पनीको १० औं वार्षिक साधारण सभा पुस २९ गते सोमबार बद्रीनाथ होटल (बद्रीनाथ हल) आठौं तल्ला, गौशाला पिङ्गलास्थान, काठमाडौंमा हुने तय भएको छ ।
कम्पनीको दशौं वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १५ गते सोमबार एक दिनको लागि बुक क्लोज हुनेछ । यसअनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले साभारण सभामा भाग लिन पाउनेछन् ।

Health Tips Ad Road Block