Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लाभांश पारित गर्न लुम्बिनी विकास बैंकले बोलायो साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । बैंकले पुस २९ गते, सोमबार, अमृतभोग, कालिकास्थान, काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान साढे १० बजे शुरु हुने बैंकले जनाएको छ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित अन्य प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन पाउने र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block