काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार भने सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















