काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको संचित मुनाफासमेतबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।
यस्तै कम्पनीको १७ औँ वार्षिक साधारण सभा पुस २९ गते सोमबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दियालो फुडल्याड चितवन प्रालि मा बिहान ११ बजे बस्ने निर्णय भएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १९ गते शुक्रबारका दिन बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा पुस १८ गतेसम्म कारोबार गरी शेयर खरिद गरेर नियमानुसार निजको नाममा शेयर नामसारी भई आएका शेयरधनीहरुले सो सभामा भाग लिन पाउने र साधारण सभाबाट पारित बोनस एवं नगद लाभांश पाउनेछन् ।






















