काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कोष सञ्चालक समितिको आइतबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
त्यसमध्ये ७ प्रतिशत बोनस शेयर रहेको छ भने ६ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।






















