काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
पुस ५ गते बसेको बैंकको ३२१ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाउने निर्णय गरेको छ ।























