skip this News Page Tips Ad Road Block

टेलिकमले दिने लाभांशसहित साधारणसभाको घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको १०४७औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्नका लागि टेलिकमले पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा बिहान १० बजे सुरु हुने कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिएका छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउने तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block