काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
पुस ५ गते शुक्रबार बसेको कम्पनीको ५५ औँ सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २७ गते दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरमा अवस्थित होटल पौवामा साधारण सभा बोलाएको कम्पनी सचिव देवराज बाँनियाले जानकारी दिएका छन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।






















