skip this News Page Tips Ad Road Block

गरिमा समृद्धि योजनाको इकाईका लागि आजदेखि आवेदन खुला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको म्युचुअल फण्ड गरिमा समृद्धि योजनाका लागि आज (पुस ७ गते) देखि आवेदन खुला भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा पुस ११ गतेसम्म आवेदन दिन सकिने व्यववस्था रहेको छ। उक्त समयमा पनि आवश्इक मात्रामा आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन म्याद थप हुनेछ ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु गरिनेछ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल क्यापिटल लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

अब ‘हरेक नेपाली शेयरधनी’ भन्ने मुल नारालाई आत्मसात गर्दै गरिमा विकास बैंक लिमिटेडले गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजना ल्याएको स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block