Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पहुँचका आधारमा योजना छनौटको चलन अन्त्य गर्ने मन्त्री दाहालको उद्घोष

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पहुँचका भरमा योजना छनौट गर्ने चलनको अन्त्य गर्ने बताएका छन् । कुनै पहुँचवाला वा शक्तिमा रहेको व्यक्तिको प्रभावका भरमा योजना तर्जुमा गर्न नहुने उनको भनाइ छ ।

काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसको ३४ औ वार्षिक उत्सवकाक्रममा आयोजित कार्यक्रममा उनले आवश्यकता र प्राथमिकतामा आधारमा छनौट भएका योजना मात्र प्रभावकारी र उपयोगी हुने धारणा राखे । ‘कुन योजना वा पूर्वाधारले कति नागरिकलाई सुविधा दिन्छ, यो कति आवश्यक छ, यसले आर्थिक विकास र उपार्जनमा कति सहयोग पु¥याउँछ भन्ने कुरालाई ध्यान दिन जरुरी छ’ मन्त्री दाहालले भने, ‘कसैका गोजीबाट योजना छनौट हुने र राज्यको श्रोत खर्च गर्ने परिपाटी अन्त्य गर्नु पर्छ ।’

प्राविधिक तथा जीवन उपयोगी शिक्षामा जोड दिन सके स्वदेशमा नै युवाहरु टिक्न सक्ने वातावरण बन्ने भन्दै उनले आफ्नै देशमा गरि खान सक्ने शिप र शिक्षा अहिलेको आवश्यकता रहेको पनि बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. डिल्लीराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा अवकास लिएका प्राध्यापकहरुलाई सम्मानसहित बिदाई गरिएको थियो भने लामो समय काम गरेकालाई दिर्घसेवा पदक प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न तह र संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विभिन्न छात्रवृति कोषबाट पुरस्कृत गरिएको थियो । यस्तै वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम र रक्तदान समेत गरिएको क्याम्पस प्रमुख भोलानाथ ओझाले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block