skip this News Page Tips Ad Road Block

वर्तमान सरकार पूर्वाधार विकासमा सबैभन्दा शक्तिशालीः अध्यक्ष कार्की

सिमेन्टको मूल्य बढाउनेलाई कारवाही हुनुपर्छ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वतन्त्र उःर्जा उत्पादकहरूको संघ(ईप्पान( का अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकास गर्ने शिलशिलामा सबैभन्दा शक्तिशाली सरकार रहेको दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कार्कीले यो सरकारले पनि पूर्वाधार विकास गर्न नसके कसैले पनि काम गर्न नसक्ने बताएका हुन् ।

ईप्पानका अध्यक्ष कार्कीले भने, ‘देशको विकासमा पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको छ । हाम्रो राष्ट्रमा व्यवसायीहरूको दुःख पनि छ । पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक हो । यस्ता सिमेन्टको विषयमा मूल्य बढाउनेलाइ कारवाही गर्नुपर्छ । यसरी सिमेन्टको मूल्य बढाउँदै जाने हो भने, आयोजनाहरूको लागत कति पुग्छ थाहा हुँदैन। सरकारले कल्पना गर्न नसक्ने ठाउँमा ऊर्जा क्षेत्रले सडक बाटो पुर्याइदिइएको छ । ऊर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोड गरेका छौँ । भारतबाट विद्युत आएन भने अझै लोडसेडिङ हुने अवस्था छ । आफ्नै उत्पादनले हामी लोडसेडिङ मुक्त हुन सक्नुपर्‍यो । अहिले हाम्रा समस्या सुनिएको छैन्न । सरकारले हाम्रा समस्याहरू सुनिदिनुपर्छ ।’

‘अहिलेको सरकार बलियो सरकार छ । अहिले उर्जा क्षेत्रमा केही भएन भने, कहिलेपनि केही हुन सक्दैन’ उनले भने, ‘हामीले यश सरकारलाई विश्वास गरेका छौँ। अवश्य पनि समस्याहरू समाधान हुनेछन् ।’

Health Tips Ad Road Block