Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गरिमा विकास बैंकको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गरिमा विकास बैंकले गतवर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ। बैंकले ५ प्रतिशतले हुन आउने २८ करोड ४० लाख २५ हजार ८ सय ६६ रुपैयाँ ३८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

Health Tips Ad Road Block