Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महुली लघुवित्त वित्तीय संस्थाको १०० रुपैयाँ अंकित दरमा एफपिओ निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन एवं बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गरेको हो ।

एफिओमा लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्रमा पर्याप्त आवेदन पर्न नसकेमा पुस १९ गतेसम्म एफपिओ निष्काशन हुनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत एफपिओमा आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

Health Tips Ad Road Block