काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १८३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।






















